
काठमाडौं, २३ पुस । सत्तासाझेदार दलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष तहलाई बुझाइँदैछ ।
न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले शुक्रबार कार्यक्रमको मस्यौदा टुंग्याएसँगै आज शीर्ष तहलाई बुझाउन लागेको हो ।
सरकारले नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
पौडेल संयोजक रहेको कार्यदलमा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, जसपाबाट रकम चेम्जोङ र राप्रपाबाट राणा सदस्य छन्।
कार्यक्रममा नागरिकता समस्या समाधान, भ्रष्टाचार र अनियमितताको छानविन, दिगो अर्थतन्त्र, रोजगारी निर्माण, उद्यमशीलता, सामाजिक सुरक्षालगायत विषय समेटिएको छ।















प्रतिक्रिया