
काठमाडौं, २२ पुस । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर-७ मा पुन: मतगणना गर्न अदालतले आदेश दिएको छ ।
शुक्रबार उच्च अदालत जनकपुरले माघ २० गतेभित्र पुन: मतदान गर्न आदेश दिएको हो ।
बैशाखमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्कीले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापा (अशोक) लाई पराजित गर्दै विजयी भएका थिए ।
कार्की र थापाबीच १ मतको मात्रै मतान्तर भएपछि थापाले धाँधली भएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।
न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले माघ २० गतेसम्म पुन: मतदान गर्न आदेश दिएको हो ।















प्रतिक्रिया