
काठमाडौं, २२ पुस । प्रहरीले अमेरिकाबाट करोडौँ शंकास्पद रकम नेपाल भित्र्याएको आरोपमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पक्राउ गरेको छ ।
शाहले यसअघि १२ लाख अमेरिकी डलर नेपाल भित्र्याउने कोसिस गरेकामा सफल भएका थिएनन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उनको रकम फुकुवा गरेर नेपाल ल्याउन दिन राष्ट्र बैंकलाई पत्र लेखेपछि शर्मा विवादमासमेत परेका थिए ।
पक्राउ परेका शाहसहित ६ जनामाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिइएको छ । शाहले विभिन्न कम्पनी खडा गरी लाखौँ रकम नेपाल भित्र्याइसकेको र बाँकी रकम पनि भित्र्याउन कोसिस गरिरहेको प्रहरीले बताएको छ ।
वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि., वर्ल्ड फस्ट होलिडे प्रा.लि., वर्ल्ड वाईड रेमिट प्रा.लि., वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि., टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. स्थापना गरी रकम भित्र्याएको पाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया