
हेटौंडा, २२ पुस । मकवानपुरमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
बिहीबार जिल्लाको मकवानपुरगढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाअनुसार थिङ र उनका छोरा २१ वर्षीय उमेश थिङबीच बुधबार झगडा भएको थियो ।
झगडा भएपछि छोरा उमेशले प्रहरीकोमा निवेदन दिएको र आफ्नो बाबुले घरमा भरुवा बन्दुक लुकाएको प्रहरीलाई जानकारी दिएपछि प्रहरीले खानतलासी गर्ने क्रममा घरभित्र थान १ भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
मंगलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया