३१ आश्विन २०८३, शनिबार

एमालेसँग अहिलेको अवस्थामा एकता सम्भव छैन: अध्यक्ष नेपाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका बिषयमा आवश्यक निर्णय गर्ने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग पनि यस बिषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउछ भन्ने हेर्न बाँकी रहेको धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले बिचार मिल्नेसंग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसंग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारे ।

उनले पार्टी एकताका लागि जनता समाजवादी पार्टी लगायतका दलहरुसंग छलफल भइरहेको जानकारी दिए ।