३१ आश्विन २०८३, शनिबार

सरकारको न्यूनतम साझा कार्यक्रमले पूर्णता पायो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन गठन गरेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको छ ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको कार्यदलका सदस्यहरुको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो ।

एमाले उपाध्यक्षसमेत रहेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले कार्यक्रमलाई पूर्णता दिएको हो । कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई भोलि शीर्ष तहमा पेश गर्नेछ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलसँगै माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल, राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।