३१ आश्विन २०८३, शनिबार

नेपाल टी-ट्वेन्टी लिग: आईसीसीको टोलीले पनि गर्‍यो फिक्सिङको आशंका

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा फिक्सिङ भएको आशंका गरेको छ ।

बिहीबार अचानका काठमाडौं आएको आईसीसीको टोलीले पनि फिक्सिङको आशंका गरेको हो । टोली आज फर्किएको छ ।

खेलमा फिक्सिङसँगै खेलाडीहरुले पारिश्रमिकसमेत नपाएको समाचार बाहिरिएपछि छानबिनका लागि आईसीसीको दुई सदस्यीय टोली नेपाल आएको थियो ।

आईसीसी इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको नेपाल टी–२० लिगको बिहीबारको खेल अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिबारेमा बुझेको थियो ।

यस्तै टोलीले बिहीबार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेका थिए। टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको बताइएको छ ।

स्रोतकाअनुसार आइसीसीको टोलीले पनि फिक्सिङको आशंका गर्दै छानबिनलाई निरन्तरता दिने बताएको छ ।