
काठमाडौं, २२ पुस । फिक्सिङ भएको आशंकापछि विवादमा तानिएको काठमाडौंमा जारी टी-२० लिगबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोली नेपाल आएको छ ।
खेलमा फिक्सिङसँगै खेलाडीहरुले पारिश्रमिकसमेत नपाएको समाचार बाहिरिएपछि छानबिनका लागि आईसीसीको दुई सदस्य टोली नेपाल आएको बताइएको छ ।
आईसीसी इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको नेपाल टी–२० लिगको बिहीबारको खेल अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिबारेमा बुझेको थियो ।
यस्तै टोलीले बिहीबार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेका छन् ।
टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको बताइएको छ ।















प्रतिक्रिया