३० कार्तिक २०८३, सोमबार

प्रतिनिधिसभाको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकको एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाइएको छ ।

२५ पुसमा बस्ने संसद्को पहिलो बैठकका एजेण्डा तय गर्न प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले आज दिउँसो १ बजेको लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक, संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।