
काठमाडौं, २१ पुस । पूर्वयुवराज पारश शाहको स–परिवार आज बाराको सिमरा पुगेको छ ।
उनीहरू काठमाडौंबाट छुट्टाछुट्टै उडानमार्फत सिमरा गएका हुन् । स्रोतका अनुसार पहिलो उडानमा छोरीहरू पूर्णिका र कृतिकाको साथमा पूर्वयुवराज पारश शाह र दोस्रो उडानमा छोरा हृदयेन्द्रको साथमा पूर्वयुवराज्ञी हिमानी शाह सिमरा गएका हुन् ।
करिब एक घण्टाको फरकमा उनीहरू दुवै जना बुद्ध एयरको जहाजमार्फत सिमरा गएको बताइएको छ ।















प्रतिक्रिया