
काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्ने भएका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय मागेको हो ।
अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री बन्ने पक्का जस्तै भएको र अन्य मन्त्रालयको भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
राप्रपाले सरकारमा सहभागी हुनका लागि सर्त राखेको छ । जसमा उपप्रधान सहित ४ मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रममै पृथ्वी जयन्तीमा सार्वजनिक बिदा माग समावेश गर्नुपर्ने लगायतका सर्त रहेका छन् ।















प्रतिक्रिया