३१ आश्विन २०८३, शनिबार

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि रोकियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइको पेशी बिहीबार पनि स्थगित भएको छ ।

बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर लामिछानेले पुनरावेदनका लागि निवेदन दिएका थिए ।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानून व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेकोमा तेस्रो पटक पनि स्थगित भएको हो । आज पनि सन्दीपकै कानून व्यवसायीले पेशी स्थगित गरेका हुन् ।
असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।