३१ आश्विन २०८३, शनिबार

अभिनेत्री दीपिका पादुकोणको आज जन्मदिन, कति वर्ष पुगिन् उनी ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । बलिउड अभिनेत्री दीपिका पादुकोणले बुधबार आफ्नो जन्मदिन मनाएकी छिन् ।

उनले आफ्नो ३७औँ जन्मदिन मनाएकी हुन् । दीपिकाको जन्म १९८६ जनवरी ५ मा डेनमार्कमा भएको थियो । दीपिकाका बुबा व्याडमिन्डन खेलाडी हुन् भने आमा ट्राभल एजेन्ट हुन् ।

दीपिकाले २००६ सालमा कन्नड चलचित्र ‘ऐश्वर्या’ बाट चलचित्रमा डेब्यू गरेकी थिइन् । यस्तै उनको पहिलो बलिउड चलचित्र भने ‘ओम शान्ति ओम’ हो । उक्त चलचित्र २००७ सालमा रिलिज भएको थियो ।

दीपिका छिट्टै नै नयाँ चलचित्र पठानमार्फत शाहरुख खान र जोन अब्राहमको साथमा पर्दामा देखिँदैछिन् । यो चलचित्रको भारतमा विरोध पनि भइरहेको छ ।