३१ आश्विन २०८३, शनिबार

सुनको मूल्यले बिहीबार पनि ब्रेक गर्‍यो वर्षकै रेकर्ड, कतिमा कारोबार भइरहेको छ ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

सुनको मूल्यले एक वर्ष यताकै नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार पनि सुनको मूल्य बढेर वर्षकै रेकर्ड तोडेको हो । आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैँयामा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला एक लाख दुई हजार नौ सय रुपैँयामा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार छ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।