३१ आश्विन २०८३, शनिबार

बिचौलियामाथि प्रहरीको निगरानी : यातायात कार्यालय गुर्जुधाराबाट २६ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २१ पुस । विभिन्न सरकारी कार्यालयहरूमा व्याप्त रहँदै आएका बिचौलियाको जालो अन्त्य गर्ने अभियान नै चलाएको प्रहरीले गुर्जुधाराको यातायात कार्यालयबाट एकैपटक २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ ।

चन्द्रगीरी नगरपालिकाको गुर्जधारास्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

काम छिटो गरिदिने बहानामा सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी प्रहरीको छ ।