३१ आश्विन २०८३, शनिबार

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आज बिहीबार छ ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइको पेशी तोकिएको हो । यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो ।

असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।