३१ आश्विन २०८३, शनिबार

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २१ पुस । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा बुधबार बेलुका ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।

निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले सारुको घटनास्थलमा नै ज्यान गएको जानकारी दिएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।