
काठमाडौं, २१ पुस । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा आउन आग्रह गरेका छन् ।
बुधबार भुसालसँग नेपालले कोटेश्वरस्थित आफ्नै निवासमा बोलाएर पार्टी प्रवेश गर्न आग्रह गरेका हुन् ।
भुसाल आम निर्वाचन अघि एमाले छाडेका नेता हुन् । एमाले विभाजन अघि भुसाल माधव नेपाल निकट नै मानिन्थे । एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
नेपालले भुसालसँगको छलफलमा आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेको स्रोतले बतायो । तर भुसालले नेपाललाई के जवाफ दिए भन्ने नखुलेको बताइएको छ ।
स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए ।















प्रतिक्रिया