३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सरकारबारे निर्णय लिन्छौँ: अध्यक्ष नेपाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीले विस्वासको मत लिनुअघि सरकारबारे आवश्यक निर्णय गर्ने बताएका छन् ।

पार्टी निकट युवा संघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन अझै केही दिन बाँकी रहेकाले त्यसअघि नै आफ्नो पार्टीले आवश्यक निर्णय गर्ने बताएका हुन् ।

अहिलेको राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम नै स्पष्ट नरहेकाले प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न नसकिने उनले बताए ।

अध्यक्ष नेपालले सबैको राय बिचार लिएर सरकारका बिषयमा संस्थागत निर्णय लिने जिकिर गरे । त्यस्तै उनले पार्टीले थ्रेसहोल्ड नकटाएर कुनै फरक नपरेको बताए ।

अध्यक्ष नेपालले अव बिचार मिल्नेहरुसंग एकता गर्ने र मोर्चा बनाउने बताए । उनले अहिलेको अवस्थामा पार्टीलाई थप मजबुद बनाउदै अघि बढाउन निर्देशन दिए ।