
काठमाडौं, २० पुस । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि भारत गएका छन् ।
निधि बुधबार भारतको राजधानी दिल्ली गएका हुन्। उनी स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन दिल्ली गएका बताइएको छ ।
भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय काँग्रेसका महासचिव स्वर्गीय त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ ।















प्रतिक्रिया