
काठमाडौं, २० पुस । काठमाडौंमा जारी नेपाल टी २० लिगमा फिक्सिङ भएको भन्ने समाचार सञ्चारमाध्यममा बाहिरिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले त्यसको खण्डन गरेको छ ।
क्यानले बुधबार विज्ञप्ति जारी गर्दै फिक्सिङको हल्ला मिथ्या भएको भन्दै मिथ्या सूचनाको पछाडि नलाग्न अनुरोध गरेको छ ।
फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउन पनि क्याले आग्रह गरेको छ ।
कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा फिक्सिङ भएको भन्दै भिडियो सार्वजनिक गरेर कमेन्ट्री छोडेपछि फिक्सिङको घटना सतहमा आएको थियो ।
















प्रतिक्रिया