३१ आश्विन २०८३, शनिबार

लुम्बिनी अल स्टारसँग काठमाडौं नाईट्स पुन: पराजित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । काठमाडौंमा जारी नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पुन पराजित गरेको छ। यसअघिको पहिलो खेलमा पनि काठमाडौं लुम्बिनीसँग पराजित भएको थियो ।

टियु क्रिकेट मैदानमा बुधबार लुम्बिनीले काठमाडौंलाई १ सय २ रनले पराजित गरेको हो । काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.४ ओभरमा अलआउट भएर ८१ रन बनायो।

काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरी रनमा १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए । लुम्बिनीका लागि ह्यारी टेक्टर,कुशल भुर्तेल र इशान पाण्डेले समान २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धशतकीय ईनिङ खेले । उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे ।

मिलान्थाले २९ बलमा २६ रन बनाएर आउट हँदा गुलसन झाले ११ बलमा २१ रन बनाए । ह्यारी टेक्टर ८ बलमा १७ रनमा आउट हुँदा अनिल शाह १६ रनमा अविजित रहे । कुशल भुर्तेल १५ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । आठ खेल खेलेर ४ जित तथा ४ हार हात पारेर ८ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

नौ खेलमा सात जित हात पारेको लुम्बिनी १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।