३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरसँग लिए अर्थतन्त्रको अवस्थाबारे जानकारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग देशको अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीलाई बोलाएर जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीले अर्थतन्त्रका देखिएका समस्याहरु र सुधारका लागि चाल्नुपर्ने कदमकाबारेमा पनि छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न र अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका छन्।