३१ आश्विन २०८३, शनिबार

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई एक वर्ष आहारा उपलब्ध गराउने सम्झौता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई एक वर्ष आहारा उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले सम्झौतामा हस्ताक्षर गरे ।

प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रेका लागि प्रभु बैंक लिमिटेडले एक वर्षसम्म आहारा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ।

सदर चिडियाखानाद्वारा सञ्चालित “Adopt An Animal” अभियान अन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

साथै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० (Sustainable Development Goals 2030) को प्राप्तिको निमित्त पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ ।