३१ आश्विन २०८३, शनिबार

टिपर र स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४१ जना घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । मंगलबार छुट्टाछुट्टै स्थानमा भएको दुई वटा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका–१ मा बा ३ ख ८८०७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँ बस्ने ३५ वर्षीय बिक्रम तामाङको मंगलबार बिहान मृत्यु भएको छ ।

तामाकोशी खोलाबाट गिटी बोकी जाँदै गरेको उक्त टिपरले ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–१८ अलैची खपौदीस्थित सडकमा जीएए ०००४ नम्बरको स्कुल बस मंगलबार बिहान अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा ४१ जना विद्यार्थी घाइते भएका छन् ।

घाइते भएकाहरूलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा र गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।