३१ आश्विन २०८३, शनिबार

मंगलबार सुनको मूल्य १० महिना यताकै महँगो, कतिमा कारोबार भइरहेको छ ?

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाली बजारमा मंगलबार सुन १० महिना यताकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन तोलाको एक लाख २ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।

गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले बढेर एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।