३१ आश्विन २०८३, शनिबार

अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्किँदा ४ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । अष्ट्रेलियामा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

क्विन्सल्यान्डस्थित गोल्ड कोस्टमा अवतरण गर्न लागेको र हेलिप्याडबाट भर्खर उडेको हेलिकोप्टर एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी दुई जना बेलायती नागरिक र दुई जना अस्ट्रेलियाली नागरिकको मृत्यु भएको हो । दुई अस्ट्रेलियाली नागरिकमध्ये एक जना हेलिकोप्टरको पाइलट रहेका छन्

।दुर्घटनामा परी दुई बालबालिकासहित ३ जना गम्भीर घाइते भएका छन् भने पाँच जना सामान्य घाइते भएका छन् ।