३१ आश्विन २०८३, शनिबार

कमेन्टेटरको ठोकुवा- नेपाल टी-२० लिगमा फिक्सिङ छ (भिडियोसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमल्सेनाले दाबी गरेका छन् ।

१० दिनदेखि लिगको कमेन्टेटर गर्दै आएका सचिनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै फिक्सिङ भएको दाबी गरेका हुन् ।

उनले कमेन्ट्रीका क्रममा आश्चार्य जनक गतिविधी देखेको जुन व्यवसायीक खेलाडीहरुमा हुनै नसक्ने दाबी गरेका छन् । उनले स्पोट फिक्सिङ भएको दाबी गरेका हुन् ।

‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ । आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन। तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ। मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिएन । सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो । मलाई क्यान नै लागेपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो । तर, यसमा भएन,’ सचिनले भिडियोमा भनेका छन् ।

कुनै टीममा नेपाली नाम चलेका खेलाडीहरुलाई बाहिर राखेर नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको विषयले आफूलाई सुरुमै अचम्मित बनाएको उनले बताएका छन् ।

सचिनले भिडियो पोष्ट गर्दै आजबाट नेपाल टी-ट्वेन्टी लिगको कमेन्ट्री नगर्ने बताएका छन् ।