३१ आश्विन २०८३, शनिबार

पारिश्रमिक पाउने आश्वासनपछि खेलाडी टि–ट्वेन्टी खेल्न तयार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । खेलाडीहरुको विरोधका कारण मंगलबार सुरु हुन नसकेको काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिग २ घण्टा ढिलो गरि सुरु भएको छ ।

नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालियाले खेलाडीहरुलाई पैसा नदिई भारत गएको भन्दै खेलाडीहरुले खेल खेल्न मानेका थिएनन् ।

क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको दिने आश्वासन दिएपछि खेलाडीहरु खेल्न तयार भएका हुन् ।

ढिला गरी सुरु भएको खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धामा भइरहेको छ ।