३१ आश्विन २०८३, शनिबार

कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट उपचारका लागि गएका युवकले हाम फालेपछि…

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालबाट एक युवकले हाम फाल्दा घाइते भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा बस्ने २२ वर्षीय सुनिल रोकायाले अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन् ।

मुटुको धड्कन बढेपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए । उनको शरिरका सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ ।

उनले किन अस्पतालबाट हाम फाले भन्ने खुल्न सकेको छैन ।