
काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ ।
बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ ।
पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रिय कार्यालय आलोकागरमा बस्नेछ ।
सत्ताधारी दलले औपचारिक रुपमा आग्रह नगरेसम्म पार्टीले सरकारमा सहभागी नजनाउने धारणा सार्वजनिक गरिसकेको छ ।















प्रतिक्रिया