
काठमाडौं, १८ पुस । कक्षा सञ्चालन भइरहेको बेला साथीहरूमाथि खुकुरी प्रहार गर्ने आरआर क्याम्पसका तीन जना विद्यार्थी निष्कासित भएका छन् ।
यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिएका छन् ।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा गरी चारजना विद्यार्थी घाइते भएका थिए ।















प्रतिक्रिया