३१ आश्विन २०८३, शनिबार

नबिल बैंकका ग्राहकले मिडासका सामग्रीहरूमा विशेष छुट पाउने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नबिल बैंकका ग्राहकहरूले मिडासका पठनपाठनका विभिन्न सामग्रीहरूमा विशेष छुट पाउने भएका छन् ।

नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच भएको समझदारी अनुसार नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्ने भएका हुन् ।

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिनेछ ।

बैंकले यस समझदारीपत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ ।

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो, जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।