
काठमाडौं, १८ पुस । ग्लोबल आईएमई बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा आज सोमबार देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमअन्तर्गत प्रदेश १ मा झापाको बिर्तामोड, मधेश प्रदेशमा सिरहाको मिर्चैया, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ चितवनको भरतपुर शाखामा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको बताएको छ ।
यस्तै, गण्डकी प्रदेशमा कास्कीको पोखरास्थित न्यूरोड, लुम्बिनी प्रदेशमा दाङको घोराही, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रचोक र सुदूरपश्चिममा कैलालीको चौराहा र धनगढी शाखामा पनि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
देशभर आयोेजित कार्यक्रमबाट ५१२ रक्तदाताहरुबाट २४२ पिन्ट रगत सङ्कलन भएको बैंकले जानकारी दिएको छ ।
















प्रतिक्रिया