
काठमाडौं, १८ पुस । नाबालिका बलात्कार आरोपमा कारागारमा रहेको क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेसन भएको छ ।
सन्दीपको डिप्रेसन खराब अवस्थामा पुगिसकेको पाइएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
केही दिनदेखि सन्दीपको बोली तथा व्यवहारमा परिवर्तन देखिएको घिमिरेले बताएका छन् । सन्दीपलाई अहिले कारागारममै मनोपरामर्शविद् लगेर परामर्श दिन थालिएको छ ।
सन्दीपलाई दैनिक काउन्सिलिङ गर्नुपर्ने अवस्था देखिएको घिमिरेले बताए । कारागारमा छुट्टै कोठा नभएकाले काउन्सिलिङमा समस्या भएको बताइएको छ ।















प्रतिक्रिया