
काठमाडौं, १८ पुस । काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्यामबहादुर खड्का पनि वन्य जन्तु तस्करीमा मुछिएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जको सैनिक, निकुञ्जका सुरक्षाकर्मी र कर्मचारीको टोलीले पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अकवनियास्थित प्रदेशसभा सदस्य प्रमोद जयसवालको घरमा गत पुस ५ गते छापा मारेर मृत जरायो र केही हातहतियार बरामद गरेको थियो भने सखुवा प्रसौनी गाउँपालिकाको अकवनियाका झापस दास थारू, नवराज बस्नेत, काभ्रेका दामोदर अधिकारी, मालदोङ तामाङ र पर्साको सखुपा प्रसौनीकै लक्ष्मण सहनीलाई पक्राउ गरेको थियो ।
जयसवाल पर्सा क्षेत्र नम्बर ३ को क बाट प्रदेश सभामा निर्वाचित भएका थिए । यस्तै अनुसन्धानका क्रममा घरबाट बरामद गरिएको बन्दुक अर्का सांसद खड्काको भएको खुलेको हो ।
पक्राउ परेकाहरुले बयानका क्रममा सांसद खड्काको पनि संलग्नता रहेको बताएपछि खड्काको पर्दाफास भएको हो ।
सांसद खड्काले पनि बरामद गरिएको बन्दुक आफ्नो भएको स्वीकारी सकेका छन् । वन्य जन्तु तस्करीमा दुई प्रदेश सभा सांसद नै मुछिएपछि राजनीतिक संलग्नतामै वन्य जन्तुको तस्करी हुनेगरेको तथ्य बाहिरिएको छ ।















प्रतिक्रिया