
काठमाडौं, १८ पुस । काठमाडौंमा बैंकको एटीएम फोड्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।
बैंकको एटीएम खोलिरहेको अवस्थामा मगरलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।















प्रतिक्रिया