३१ आश्विन २०८३, शनिबार

नेपाल टी-ट्वेन्टी लिग: पोखरा एभेन्जर्ससँग काठमाडौं नाइट्स ५ विकेटले पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । काठमाडौमा जारी नेपाल टी-ट्वेन्टी लिगमा पोखरा एभेन्जर्सले तेस्रो जित निकालेको छ ।

सुरुवाती लगातार पाँच खेल हारेको पोखराले पुनरागमन गर्दै तेस्रो जित निकालेको हो । ओपनर सुमित महर्जनको उत्कृष्ट ब्याटिङमा जित निकालेको पोखराले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले दुई बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । पोखराका लागि सुमितले ५२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन जोडे ।

काठमाडौंका लागि बलिङमा कमल ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले ३.४ ओभरमा २६ रन खर्चिए । अनिल खरेल र अविनाश बोहराले समान एक/एक विकेट लिए ।

काठमाडौं ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पोखरा ८ खेलमा पाँच हार र तीन जितको नतिजासहित ४ अंक जोडेर चौथो स्थानमा छ ।