
काठमाडौं, १८ पुस । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा सुरु भएको हो ।
मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ ।
बैठकमा गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समिक्षा साथै वर्तमान राजनीतिक अवस्था र पार्टीको भूमिकाका बारेमा पनि छलफल हुनेछ ।
कार्यसूची-
१. मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका ।
२. प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्बन्धी समिक्षा ।
३. न्यूनतम् साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता सम्बन्धमा ।
४. विभिन्न राजनीतिक दल र संगठनहरुसँग एकता, सहकार्य तथा गठबन्धन सम्बन्धी वार्ता गर्नका लागी वार्ता समिति गठन गर्ने सम्बन्धमा ।
५. संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरु:
(क) क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति र संगठनहरुलाई क्रियाशील बनाउन आवश्यकता अनुसार विघटन, गठन र पुनर्गठन गर्ने सम्बन्धमा ।
(ख) भ्रातृरजनबर्गीय संगठन, पेशागत संगठन र ट्रेड युनियन लगायतका संगठनहरुलाई क्रियाशील तथा सुदृढीकरण गर्ने सम्बन्धमा ।
६. (क) विगतमा सम्पन्न भएका निर्वाचनहरुमा पार्टीका आधिकारीक उम्मेदवारहरुको बिरुद्ध उम्मेदवारी दिने, पार्टी भित्र अन्तर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने र पार्टी बिरुद्ध गतिविधिमा संलग्न हुने वा गतिविधि गर्ने पार्टी पदाधिकारी एवम् सदस्यहरुलाई तत् सम्बन्धित समितिहरुले पार्टी विधान अनुसार कार्यवाही गर्ने ।
७. (ख) संघीय परिषद् र केन्द्रीय समितिका सदस्यहरुको हकमा जाँचबुझ र छानबीन गरी आवश्यक कार्यवाहीको प्रक्रिया अगाडी बढाउन छानवीन समिति गठन गर्ने ।
८. पार्टी विधान अधिवेशनको लागि पार्टी विधानको मस्यौदा तयार गर्न ‘बिधान मस्यौदा समिति’ गठन गर्ने सम्बन्धमा ।
९. विविध















प्रतिक्रिया