
हेटौंडा, १८ पुस । बागमती प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकको लागि सर्वदलीय बैठक सुरु भएको छ ।
हेटौंडा स्थित प्रदेश सभा सचिवालयमा जारी सर्वदलीय बैठकले दिउँसो १ बजे बस्ने पहिलो बैठकको कार्यसूची तयार पार्ने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरु सहभागि रहेका छन् ।

४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना गरेर १ सय १० जना निर्वाचित भएका थिए ।













प्रतिक्रिया