
काठमाडौं, १७ पुस । सवारी साधनसम्बन्धी कुनै पनि कागजातको प्रतिलिपि सिफारिस अब अनलाइनबाटै पाइने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको प्रतिलिपि सिफारिस अब उपरान्त अनलाइनमार्फत प्रदान गर्न लागिएको हो ।
सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजत पत्र हराएमा, सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारिक वेबसाइटमार्फत परिचयपत्रको प्रतिलिपिसहित अनलाइन फारम भर्नुपर्ने हुन्छ ।
अनलाइन फारम भरेको ७२ घण्टापछि अनलाइनमार्फत नै सिफारिस उपलब्ध गराइने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधा लागू गरिएको उनको भनाइ छ ।















प्रतिक्रिया