३१ आश्विन २०८३, शनिबार

मापसे गरेका तीन जना सवारी चालकलाई प्रहरीले चलायो मुद्दा, यी हुन् पक्राउ पर्नेहरू

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएका तीन जनालाई सवारी चालकलाई प्रहरीले मुद्दा चलाएको छ ।

मापसे गरी सवारी चलाएको अवस्थामा काठमाडौंको फर्पिङ, नागढुङगा र भक्तपुरको कमलविनायकबाट शनिबार राति पक्राउ परेका तीन जना चालकलाई प्रहरीले आज आइतबार अभद्र व्यवहारमा मुद्दा चलाइएको हो ।

मुद्दा चलाइएकाहरूमा मकवानपुरका मनोज रुम्बा, रुपन्देहीका शैलेन्द्र लोध र काभ्रेपलाञ्चोकका नवीन मिजार छन् ।

काठमाडौको फर्पिङबाट शनिबार पक्राउ परेका ना १ ज ६६ २४ नम्बरको भाडाका टाटा सुमो चालक मकवानपुरको हेटौडाका २८ वर्षीय मनोज रुम्बा प्रहरी वृत्त कीर्तिपुरबाट अभद्र व्यवहार मुद्दामा चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

यस्तै, नागढुङ्गाबाट पक्राउ परेका ना २ ख ८२ १५ नम्बरको भाडाको ट्रक चालक रुपन्देही घर भएका ३९ वर्षीय शैलेन्द्र लोधलाई प्रहरी वृत थानकोटबाट अभद्र व्यवहारको मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यस्तै, भक्तपुरको कमलविनायकबाट ना ४ ख ५१२ नम्बरको भाडाको टिपर चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोक घर भएका २४ वर्षीय नवीन मिजारलाई पनि अभद्र व्यवहारको मुद्दामा पाँच दिन म्याद थप गरी प्रहरी वृत्त जगातीबाट अनुसन्धान सुरू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।