
विराटनगर, १७ पुस । प्रदेश नं १ को दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन आजदेखि सुरू भएको छ ।
आइतबार बसेको पहिलो बैठकमा बैठक सञ्चालन गर्न बनेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) लाई अङ्गिकार गरी बैठक सञ्चालन गर्न प्रदेश सभा सदस्य भीम पराजुलीले प्रस्ताव पेश गरेका थिए ।
बैठकमा प्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७९ सर्वसम्मतिले पारित भएको छ ।
बैठकको सुरूमै ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डलले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । प्रदेश सभाको अर्को बैठक पुस २५ गते दिनको १ बजे बोलाइएको छ ।















प्रतिक्रिया