३१ आश्विन २०८३, शनिबार

युगान्डामा नयाँ वर्षको कार्यक्रममा भागदौड मच्चिदा नौ जनाको मृत्यु, कयौँ घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।

प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए ।

घटना मध्यरातमा भएको थियो। कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो।

प्रदर्शन समाप्त भएपछि भागदौड मच्चिएको र घटनास्थलमै पाँच जनाको मृत्य भएको थियो भने अन्य थुप्रै घाइते भएका थिए ।