
काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गर्नेलाई रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेललगायत सबै ठाँउमा अनुशासनको आवश्यकता रहेको भन्दै फाउल गरे राजनीतिमा समेत रेड कार्ड दिएर आउट गर्नुपर्ने बताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्यको आवश्यकतासँगै समाजमा अनुशासनको पनि आवश्यकता रहेको धारणा व्यक्त गर्दै अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने बताए । उनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफूले सरकारसँग आग्रह गर्ने बताएका छन् ।
ओलीले खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने जानकारी दिएका छन् । कार्यक्रममा ओलीले केहिबेर टेबलटेनिस खेलेका थिए भने खेलाडीहरुले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया