
काठमाडौं, १७ पुस । लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थीत प्रदेशसभा हलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराएका हुन् ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् । नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का ९ सदस्य रहेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन् ।















प्रतिक्रिया