३१ आश्विन २०८३, शनिबार

नेकपा एस बैठक: सरकारमा जान हत्तार गर्न नहुनेमा जोड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्यहरुले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् ।

पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले सरकारलाई समर्थन गर्ने कुरा फरक भएपनि सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई समर्थन गर्न आग्रह गरेपनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणा आएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

त्यस्तै यसअघि कै सहकार्यमा रहेका दलहरुमध्ये प्रचण्ड नै नयाँ सरकारको नेतृत्वमा पुगेकाले समर्थन दिन उपयुक्त हुनेमा पनि केहि सदस्यहरुको जोड रहेको उनले बताए । त्यस्तै तुलाधरले पार्टी एकताका सवालमा चलेका चर्चाहरु एमालेका केहि नेताहरुले चलाएको र भ्रममा पर्न नहुने धारणा राखे ।

उनले अहिले एकताका प्रयासहरु नै नभएको स्पष्ट पारे । बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टीलाई सशक्त बनाउने बिषयमा छलफल भएको तुलाधरले जानकारी दिए ।