३१ आश्विन २०८३, शनिबार

पेलेको खुट्टा संग्राहलयमा राख्न लागिएको हो ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । पुस १५ गते निधन भएका ब्राजिलका महान फुटबलर पेलेको खुट्टा संग्राहलयमा राख्न लागिएको भन्ने समाचारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरुमा सम्प्रेषण भएका छन् । यो समाचारलाई नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि शेयर गरिरहेका छन् ।

फिफाले पेलेको खुट्टा संग्राहलयमा राख्ने र त्यसका लागि पेलेका परिवारले अनुमतिसमेत दिएको दाबी गरिएको छ । तर, यो समाचार झुटो भएको पुष्टि भएको छ ।

समाचारको सत्यता परीक्षणका क्रममा यो समाचार झुटो भएको पुष्टि भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कतिपय मिडियाहरुलेसमेत समाचार सम्प्रेषण गरेपछि गरिएको सत्यता परीक्षणमा समाचार झुटो भएको पुष्टि भएको हो ।

समाचारहरुलाई आधार मानेर फिफाको आधिकारीक वेवसाइट तथा सामाजिक सञ्जालहरुमा कहिँ कतै पनि समाचारलाई पुष्टि गर्ने तथ्य भेटिएन ।

यो केवल केही युट्युब च्यानल र ट्वीटरमा अफवाह फैलाइएको पुष्टि भयो ।

निष्कर्ष: फिफाले पेलेको खुट्टा संग्राहलयमा राख्ने कुनै पनि घोषणा गरेको छैन ।