
काठमाडौं, १७ पुस । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय शान्तिनगरमा जारी छ ।
आजको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लगाउने बताइएको छ । यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा समिक्षासमेत हुनेछ ।
स्थायी समिति बैठकपछि पोलिटब्यूरो बैठक र केन्द्रीय समिति बैठक रहेको नेताहरुले जानकारी दिएका छन् ।















प्रतिक्रिया