
काठमाडौं, १७ पुस । प्रदेश नम्बर १ को सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार बिहान सरकार गठनका लागि आह्वान गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले सात दिनको समय दिएर आव्हान गरेका हुन्।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २४ गते आइतबार बेलुकी पाँच बजेसम्मको समय दिइएको छ ।
९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् ।
















प्रतिक्रिया